Websoft University

पार्टीका शीर्ष नेताहरुको ध्यान १ नम्बर प्रदेश तिर केन्द्रित


 
(माओवादीको बेलाबारीमा भएको चुनावी सभाको झलकमात्र)

बिराटनगर,असार १० गते । रातो तारा डट कम.दोस्रो चरणको मतदानको तिथि नजिकिनै लाग्दा १ नम्बर प्रदेशमा विभिन्न पार्टीका शीर्ष नेताहरुको ध्यान केन्द्रित भएको पाइन्छ ।

विशेष गरी झापा, मोरङ र सुनसरीका ४४ वटा स्थानीय तहमा कसले आफ्नो पकड बलियो बनाउने भन्नेमा मुख्य दलका नेताहरुको यसबेला होडबाजी सुरु भएको छ ।

एक नम्बर प्रदेशअन्तरगत तराईका ती जिल्लामध्ये झापामा १५ वटा स्थानीय तह छन् र मोरङमा १७ सुनसरीमा १२ वटा स्थानीय तह छन् ।

१ नम्बर प्रदेशमा एउटा महानगर र दुईवटा उपमहानगर समेत रहेकाले प्रमुख दलको यतातिर प्रतिष्ठा जोडिएको ठानेकाछन।
गृहजिल्ला झापामा चुनावी अभियान सकेर राजधानी फर्केका एमाले अध्यक्ष केपी ओली शनिबार फेरि मोरङमा विभिन्न सभालाई सम्वोधन गर्दैछन् ।

एमाले अध्यक्ष केपी ओलीले शनिबार मोरङको उर्लाबारी, बेलबारी र बिराटनगरका चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ भने सुनसरीको इटहरीमा पनि ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको पाटी स्रोतले बताएको छ।

त्यसैगरी माओवादी नेता रामबहादुर थापा (बादल)ले पनि मोरङको बेलबारी, शनिश्चरे नगरपालिका, पथरी,उर्लाबारी बिराटनगर लगाएतका ठाउमा चुनाबी सभाको आज सम्वोधन गर्दै हुनुहुन्छ ।  नेलपा माओवादी केन्द्रले बेलबारीको चुनावी
सकिएको छ।

त्यसैगरी पूर्वी नेपालको चुनावी अभियानमा रहेका कांग्रेस नेता गगन थापाले आज दमकमा आयोजित चुनाबी सभालाई सम्वोधन गर्दैछन् । पूर्वमन्त्री थापा आजै इलामबाट झापा झरेका हुन् ।

कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल बिराटनगरमा सक्रिय  भएर चुनाबी मैदानमा आफ्ना उम्मेदवार जिताउन लागिपरेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.