Websoft University

मुलुकको पछिल्लो रानीतिक घटनाक्रमलाई लिएर नेपाली सेनाको आकस्मिक समिक्षा गर्दै

काठमाडौ, बैशाख १८ गते । रातो तारा डट कम,प्रधानसेनापति नेतृत्वको पिएसओज बैठकले सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको सेनाले जनाएको छ।
सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतका अनुसार बैठक राति साढे ८ बजे बसेको थियो। प्रधानसेनापतिको नेतृत्वको पिएसओजमा काठमाण्डू उपत्यकाका उपरथी र रथी रहन्छन्।

सजगता:- अहिले उत्पन्न परिस्थितिका कारण सुरक्षामा पर्न सक्ने असर र चुनौतीबारे छलफल भएको बताउँदै सैनिक प्रवक्ता कडायतले बीबीसीसँग कुरा गर्दै भने, "यो परिस्थितिलाई ख्याल गर्दै बढाउनुपर्ने सुरक्षा सजगता अपनाउने निर्णय भएको छ।"

बैठकबारे सैनिक जनसम्पर्क कार्यालयले करिब ११ बजे राति विज्ञप्तिमार्फत जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, "देशमा हाल विकसित घटनाक्रमको समीक्षा गर्न आज मिति २०७४ वैशाख १७ गते जंगी अड्डामा आकस्मिक पिएसओज बैठक बसी वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ।"
सेनाले 'विकसित घटनाक्रम' केलाई भनेको हो भन्ने प्रष्ट खुलाएको छैन। तर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि बसेको बैठकले त्यसपछिका घटनाक्रमप्रति सरोकार देखाएको ठानिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.