
सौगात पोखरेल,बिराटनगर,बैशाख १ गते । रातो तारा डट कम- स्थानीय निकाय निर्वाचन नजिकिंदै जाँदा मोरङका राजनैतिक दलहरु प्रभावशाली र युवा उमेद्ववारको खोजीमा जुटेका छन् ।
दल भित्रबाट पनि स्थानीय स्तरमा निक्कै राम्रो प्रभाव रहेका, कुनै पनि आर्थिक तथा नैतिक विवादमा नपरेका, विगतदेखि नै पार्टीको गतिविधीमा सक्रिय रहेका,र आगामी दिनमा पार्टी गतिविधीलाई प्रभावकारी बनाएर लैजान सक्ने, सम्पूर्ण परिवेष बुझेर अघि बढ्न सक्ने र युवालाई उमेद्धवार छान्न ठूला दलहरुबीच होडबाजी चलेको छ ।
काँग्रेस, एमाले र माओवादी केन्द्रले उमेद्धवार छनौटमा युवाहरुलाई प्राथमिकता दिन थालिएको जनाएका छन् । युवामा सबैलाई समेटेर लैजान सक्ने क्षमता हुने भएकाले उमेद्धवारका रुपमा युवाहरुलाई खडा गर्न लागिएको जानकारी दलहरुले दिएका छन् ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरदेखि लिएर अन्य पदाधिकारी एवं सबै गाउँपालिका र नगरपालिकाको वडामा युवालाई अघि सार्न दलहरु आन्तरिक छलफलमा जुटेका
छन् । हाम्रा भन्दा पनि राम्रा युवाको खोजी गरेर सबै स्थानीय तहमा उमेद्धवार बनाउने कसरत दलहरुले यश बेला गरिरहेका हुन् ।
मोरङमा एक उपमहानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका छन् । काँग्रेस मोरङ सभापति डिकबहादुर लिम्बूले पार्टीले स्थानीय निकायको सबै पदमा युवालाई उमेद्धवार बनाउने तयारी गरिरहेको बताउनु भयो ।
एमाले मोरङ अध्यक्ष विनोद ढकालले मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान युवाहरुको सहयोग आवश्यक पर्ने भएकाले स्थानीय निकाय निर्वाचनमा युवा उमेद्धवारलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामीका अनुसार छनौट गरिएका उमेद्धवार २१ देखि ४० वर्ष सम्मका भए राम्रो भनेका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्र मोरङका इन्चार्ज क. कुसल लिम्बूका अनुसार यो स्थानीय तह को निर्वाचन भएकोले समाजका सक्षम युवाहरूलाई उमेदवारी को प्रथमिक्तामा राखेको बताउनुभयो ।
Post a Comment