Websoft University

प्रधानमन्त्री ज्यू, पसुपतिबाट भारतीय बिस्तार वाद हटाउनु परयो


काठमाडौँ, बैशाख १ गते । रातो तारा डट कम-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताउनुभएको छ ।

 तर अहिले चारैतिरबाट पसुपतिमा भारतीय बिस्तार वाद हाबी भइरहेकाले तु भारतीय पुजारी हटाउन सरकार सग जनताले  माग गरेछन।

पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त हुनुभएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“मैले त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन । ’’

प्रधानमन्त्रीले पशुपति, राष्ट्रपति सेनापतिलगायत प्रकरणमा नेपाली जनताको भावना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको उल्लेख गर्दै केही कार्यशैलीगत कमजोरीका कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै द्विविधा थिएन । अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’’

सो अवसरमा पूर्वसंस्कृतिमन्त्री एवम् नेकपा९माओवादी केन्द्र०का नेता गोपाल किरातीले नेपालको गौरवका रुपमा रहेको पशुपतिनाथमा नेपाली पुजारी नै हुनुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको र पार्टी समेत प्रतिबद्ध रहेको धारणा राख्नु
भयो ।

सात दिन मूल पूजारीका रुपमा कार्यसम्पादन गर्नुभएका डा दाहालले सो अवधिमा भोग्नुभएको समग्र पक्षलाई समेटेर पुस्तक लेख्नुभएको हो । पुस्तकमा पशुपतिनाथको अन्य पाटा र पक्षका बारेमा समेत उल्लेख गरिएको डा दाहालले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.