सुनसरी -इनरुवा, चैत ३१ गते । रातो तारा डट कम, सुनसरीको साविक श्रीपुर गाविस रहेको हालको कोशी ग्राम पालिका ५ नम्वर वडामा आगलागी हुँदा ६० बढी घर जलेका छन् । मनरु मियाँको घरबाट खाना पकाउने क्रममा सुरु भएको आगो हावाका कारण वस्तीमा सल्केको थियो ।
आगगालीका कारण मुस्लिम समुदायको बसोबास रहेको कुम्याई गाउँको मलदैया टोलका ४२ परिवारको ६० बढी घर तथा टहरा पूर्ण रुपमा जलेका छन् । वस्तीमा एकसाथ फैलिएको आगो तत्काल नियन्त्रणमा आउन नसक्दा ठुलो क्षति भएको पीडितहरुले बताएका छन् ।
घटनास्थलमा इनरुवाको वारुण यन्त्र तत्काल पुगेपनि इटहरी,धरान,विराटनगर र राजिविराजबाट वारुण यन्त्र पुगेपछि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा स्थानीयवासीन्दा सहित नेपाल प्रहरी,शशस्त्र र नेपाली सेना खटिएको थियो ।
सुनसरी प्रशासनले आगलागीमा १ करोड बढीको क्षतिको अनुमान गरेको । आगलागीमा कुनैपनि मानविय क्षति नभएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
आगलागी लगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहितको टोली घटनास्थल गरी वस्तुस्थिती नीरिक्षण गरेको छ । प्रशासनले पीडितकालागि तत्काल राहतको बन्दोवस्ती मिलाउन रेडक्रस सहित सरोकारवाला पहल सुरु गरिएको प्रजिअ पराजुलीले बताउनुभयो ।
सुनसरीमा हावाहुरीको समयमा वर्षेनी ठुलाखाले आगलागीका घटना हुने गरेका छन् । वस्तीमा सामान्य चेतनाको कमीका कारण वर्षेनी आगलागी हुँदा ठुलो क्षति हुने गरेको छ ।
Post a Comment