Websoft University

प्रधानमन्त्रीलाइ सर्वोच्च अदालतले पत्र पठायो


काठमाडौं, बैशाख १ गते । २०७४, रातो तारा डट कम,
सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ ।

द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । बाबुराम भट्टराई नेतृत्वो सरकारले आममाफीका लागि सिफारिस गरेपनि सर्वोच्चले गत वर्ष फागुन २३ गते आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो ।

तर, ढुंगेल अझै पक्राउ परेका छैनन् । माओवादी पूर्वसांसद समेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्छु भन्दै अभिव्यक्ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्धा परेको थियो ।

रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले ढुंगेलको अधिव्यक्ति अत्यन्त आपत्तिजनक र अशोभनीय भनेको छ । अदालतको फैसलाको अवज्ञा र अनादर भाषण गरिहिड्ने कार्य स्वीकार्य नहुने भन्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘अदालतबाट सजाय पाएका व्यक्ति फैसला मान्दिनँ, आरेज गर्छु भन्ने र फैसला कार्यान्वयन गर्ने तथा न्यायपालिकाको नेतृत्व गर्ने न्यायाधीश तथा प्रधानन्यायाधीशप्रत अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमण जस्ता धम्की दिने र कानुन कार्यान्वयन गर्नु पर्ने निकायहरु मुखदर्शक बन्ने स्थिति रहेक मुलुकमा अदालत रहनु वा नरहनुको कुनै अर्थ रहँदैन ।’

ढुंगेल पीडित तथा समाजका लागि खतरा बनेको तथा स्वतन्त्र न्यायपालिकाको अस्मिता एवं विधिको शासनको रक्षाका लागि उनलाई तत्काल पक्राउ गर्नु आवश्यक देखिएको भन्दै सर्वोच्चले वारेन्ट जारी गरेको छ । साथै प्रहरी परिचालन गरी जहाँ भएपनि ७ दिनभित्र पक्राउ गर्न र अदालतमा प्रतिवेदन पेश गर्न प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको
छ ।

सर्वोच्चले लगतै प्रधानमन्त्री प्रचण्डको नाममा पत्र काटेर ढुंगेललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले प्रधानमन्त्रीको नाममा सर्वोच्चले पत्र पठाएको उल्लेख गरिएको छ। अनलाइनखबर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.