Websoft University

उत्तर कोरियाले अमेरिकी परमाणु शक्तिसहितको एयरक्राफ्ट एउटै प्रहारमा डुबाउने धम्की दियो



काठमाडौं, बैशाख ११ गते रातो तारा डट कम-उतर कोरियाले आइतबार अमेरिकी युद्धपोतलाई एकै प्रहारमा डुबाएर आफ्नो सैन्यशक्ति प्रदर्शन गर्न तयार रहेको बताएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार प्रशान्त महासागरको पश्चिमतर्फ अमेरिकी युद्धपोतसँग मिलेर दुई जापानी नेभि पानी जहाजले अभ्यास गरेका बेला उत्तर कोरियाको यो चेतावनी आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएस कार्ल भिन्सन क्यारियर स्ट्राइक ग्रुपलाई उत्तर कोरियाको मिसाइल परिक्षण पछि जवाफी कदम दिने चेतावनी दिएका थिए । 

पछि अमेरिका तथा उसका सहयोगिविरुद्ध आक्रमण गर्ने धम्कि कोरियन प्रायद्विपनजिक सो अभ्यास गर्न आदेश दिएका थिए ।

अमेरिकाले कार्ल भिन्सन क्यारियर स्ट्राइक समूह कुन क्षेत्रमा कतातिर पुगेको छ भन्ने खुलाएको छैन । “हाम्रो क्रान्तिकारी फोर्स अमेरिकी परमाणु शक्तिसहितको एयरक्राफ्ट एउटै प्रहारमा डुबाउन सक्षम छ”, रोडोङ सिनमुम पत्रिकाले भनेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.