Websoft University

एउटै दाताबाट ४ लाख ५० हजारको अक्षयकोष स्थापना



अमृत बास्तोला-आठराई,बैशाख, ११ गते । रातो तारा डट कम-तेह्रथुमको आठराई गाउँपालिकाका नौ शैक्षिक संस्थामा ४ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

आठराई गाउँपालिका वडा नं. ६ साविक चुहानडाँडा गाविसमा रहेका क्याम्पस र विद्यालयमा चुहानडाँडामा जन्मघर भई हाल झापाको विर्तामोड निवासी समाजसेवी रामचन्द्र मौनाली र कविता मौनालीको दम्पतिले औपाचारीक कार्यक्रमको आयोजना गरी आफ्ना स्वर्गिय आमा सितादेवि मौनालीक स्मृती अक्षयकोष घोषणा गर्नु भएको हो ।

चुहानडाँडामा रहेका क्याम्पस र विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्यार्थीहरुलाई पढाई प्रति थप उत्प्रेरणा जगाउन प्रत्येक विद्यालय र क्याम्पसमा ५०/५० हजारको अक्षयकोष स्थापना गरिएको समाजसेवि रामचन्द्र मौनालीले जानकारी दिनु भयो ।

स्थापित अक्षयकोषको वार्षिक ब्याजबाट शैक्षिक वर्षको अन्तमा अधारभूत र माध्यमिक तह पुरागर्ने उत्कृष्ट विद्यार्थीले छात्रवृति पाउने भएका छन् ।

चुहानडाँडामा तेह्रथुम बहुमुखी क्याम्पस सहित एक माध्यमिक र सात ओटा आधारभूत विद्यालयहरु रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.