Websoft University

पाँचथर र ताप्लेजुङका समता स्कुलमा पठन पाठन शुरु


फिदिम बैशाख,१० गते । रातो तारा डट कम-आर्थिक अवस्था कमजोर रहेका अविभावक र विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै स्थापना गरिएको समता शिक्षा निकेतनले आइतवार देखि पाँचथर सदरमुकाम फिदिममा पठन पाठन शुरु गरेकोछ।

उक्त स्कुलले ताप्लेजुङमा सोमवारदेखि कक्षा शुरु गर्ने तयारी पुरा गरेको समता शिक्षा निकेतनका निर्देशक दिपक सञ्जेलले जानकारी दिए ।

निजी विद्यालयहरुले शिक्षण शुल्क बढाउन प्रयत्न गरिरहेका निकेतनले भने विद्यार्थीलाई एक सय रुपैयाँमै शिक्षा दिने उदेस्यले यी दुई जिल्लामा करिव एक हजार विद्यार्थीको भर्ना लिइएको समताले जनाएको छ ।

समता शिक्षा निकेतनले आर्थिक रुपले विपन्न वर्गका लागि यसै शैक्षिक सत्रदेखि मासिक एक सय रुपैयाँमा उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण तयार गर्न यी दुई जिल्लामा शाखा खोलेको वताएको छ ।

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अनुराधा कोइराला र डा. उपेन्द्र महतो लगायतको संलग्नतामा समताले हालसम्म ५१ जिल्लामा ५४ जटा विद्यालय स्थापना गरि निकेतनका मेची अञ्चल इन्चार्ज बिमल बैद्यले जानकारीदिए।

यो सँगै समताले काठमाण्डौको बौद्वमा व्यवस्थापन र मानविकी संकायमा एउटा कलेज र राजधानीमै ५२ शैथ्याको अस्पताल सञ्चालन गरिरहेको छ । यी सवै निकायमा एकसय रुपैंया शुल्कमै सेवा प्रवाह भइरहेको बैद्यले जानकारी दिए ।

समताले न्युन लगानीमा बाँसका स्कुल र कलेज स्थापना गरी सञ्चालन गर्दै आएको छ । संचालक उत्तम संजेलका अनुसार गैरअवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्कुल र कलेज ब्यवस्थापन गर्न ३ करोड ६५ लाख सहयोग गरेर विद्यालय स्थापना भएपछि सन २००१ मा एकसय रुपैंया शुल्कमा शिक्षण सिकाईको अवधारण भित्रिएको हो ।

अन्य सहयोगकर्ताहरुले २० हजारदेखि ५ लाखसम्म सहयोग गरेको पनि उनले वताए ।अज्ञानताको तालचा खोल्ने जनशिक्त उत्तमले मासिक सय रुपियाँमै उत्दान गरिरहेको छ , सञ्जेलले भने ।

उत्तमको शैक्षिक कार्यमा सघाउन उनीसँग जोडिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अनुराधा कोइराला र डा. उपेन्द्र महतो लगायतको संलग्नतामा देशमा अन्य निजी शैक्षिक संस्थाहरुले विद्यालय स्तरको शिक्षामै शुल्क बृद्धि गर्नु पर्ने अवाज उठाउँदै गर्दा समता कलेजले मासिक एक सय रुपियाँमा स्नातक स्तरको शिक्षा उपलब्ध गराउनु सहरानिय रहेको शिक्षासेवी श्यामविक्रम पराजुलीको तर्क छ ।

१७ वर्ष अघि काठमाडौंको जोरपाटिबाट ८ सय ५० विद्यार्थीबाट सुरु गरिएको समता शिक्षा निकेतनले यसअघि मेची अञ्चलका झापा र इलाममा शाखा खोलिसकेको थियो यो वर्ष पाँचथर र ताप्लेजुङमा शाखा खोलिएसँगै नेपालका ५२ जिल्लामा सञ्जाल विस्तार भएको छ हालसम्म ५४ वटा विद्यालय सञ्चालनमा आइसकेको समताले जनाएको छ ।

सवै जिल्लाका विद्यालयमा पुर्वप्राथमिक तहदेखि –कक्षा १० सम्म ४० हजार आर्थिक रुपले विपन्न वर्गका बालबलिकाहरु अध्ययनरत छन् ।










Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.