उर्लाबारी,बैशाख २ गते । २०७४, रातो तारा डट कम-
नयाँ वर्ष २०७४को अवसरमा आज उर्लावारी–२ मा रहेको बेतिनी सीमसार क्षेत्रमा सर्वसाधरणहरूको ठूलो घुईचो लागेको छ ।
यो सीमसारको इतिहासमा पहिलो पटक सर्वसाधरणको संख्या धेरै भिड भएको सीमसार व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए ।
करिब १० हजार मानिसहरूले आज सीमसार भ्रमण गरेको समितिले दावी गरेको छ। युवा पुस्ताहरूको सीमसारमा उलेख्य उपस्थिति थियो । सीमसारमा राखिएको कृत्रिम बाघ अनि झरनामा तस्विर खिच्नेको संख्या पनि ज्यादै थियो ।
प्राकृतिक सीमसार भएकाले यहाँ पानीको पर्याप्त स्रोत तथा सम्भावना बढि छ । सीमसार परिसरमा निर्मित चिल्ड्रेन पार्कमा बाल बालिकाहरूको भीड धेरै नै थियो ।
सर्वसाधरणहरूको उपस्थितिले सीमसार व्यवस्थापन समितिले सकारत्मक रूपमा लिएको दाहालले बताए ।
Post a Comment