बिराटनगर, बैशाख २ गते।२०७४, रातो तारा डट कम-
बिहान सबेरै घर बाहिर हिँड्नु स्वास्थ्यका लागि राम्रो हो ।सबैले यसै भन्छन् । तर, किन बिहान मर्निङ वाक गरिन्छ यसबारे भने सबैलाई हेक्का नहुन सक्छ ।
जानेर होस् वा नजानेर, बिहान हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ । अझ सूर्योदयभन्दा अघिको समस्यमा हिँड्नु सर्बोत्तम मानिन्छ ।

– सूर्योदयअघिको समयलाई ‘ब्रम्हा मुर्हूत’ भनिन्छ ।
– ब्रम्हा मुर्हूतको बिशेष महत्व छ । यस समयमा वायुमण्डल स्वच्छ एवं सफा हुन्छ ।
– ब्रम्हा मुर्हूतमा वायु मण्डलमा अक्सिन ९प्राण वायु० को मात्रा धेरै अर्थात ४१ प्रतिशत हुन्छ ।
– शुद्ध बायुको प्राप्तिले फोक्सो मात्र होइन, मन र मस्तिष्कलाई समेत स्वास्थ्य राख्छ ।
– रातको अन्तिम प्रहारलाई ब्रम्हा मुर्हूत भनिन्छ । यो समय निन्द्रा त्यागका लागि सर्बोत्तम हो ।
– ब्रम्हा मुर्हूतमा उठ्नाले सौन्दर्य, बल, बिद्या, बुद्धि र स्वास्थ्य प्राप्त हुन्छ ।
– आर्युबेदका अनुसार ब्रम्हा मुर्हूतमा उठेर टहल्नाले शरीरमा संजिवनी शक्ति संचार हुन्छ ।
Post a Comment