Websoft University

अन्तराष्ट्रिय धाविका मीरा राईको ख्यातीसंगै, भोजपुरमा स्काई रनिङ सम्पन्न


भोजपुर, बैशाख, २ गते । २०७४, रातो तारा डट कम-अल्ट्रा म्याराथुनकी अन्तराष्ट्रिय धाविका मीरा राईको ख्यातीसंगै भोजपुरको समृद्धिलाई जोडने लक्ष्यका साथ आज भोजपुरमा स्काई रनिङ सम्पन्न गरिएको छ । 
नयाँ बर्ष र भोजपुरको पर्यटकीय स्थल मैयुङ हाँसपोखरी महोत्सवको अवसरमा जिल्लाका एकदर्जन भन्दा बढि संघ संस्थाहरुको आयोजनामा स्काई रनिङ खेल सम्पन्न गरिएको हो । 

३० किलोमिटरको स्काई रनिङ भोजपुरको टुडिखेलदेखि मैयुङ हाँपोपोखरीसम्म गरिएको थियो । गरिव परिवारमा जन्मिएकी मिरा राईले विगत ३ बर्षदेखि अल्ट्राम्याराथुन खेल क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएपछि जिल्ला र देशको नाम उच्च राखेको भन्दै उनको सम्मानमा स्काई रनिङ गरिएको छ । 

मिरा राईको ख्याती र उनको सम्मानमा खेलको आयोजना गरी खेलको माध्यमबाट पर्यटनको विकास गरी भोजपुरको समृद्धिलाई टेवा पु¥याउने उद्देश्यका साथ रनिङलाई शुरुवात गरिएको आयोजकहरुले बताएको छ । 

रनिङमा जिल्लाका ९० जना युवायुवतीहरुको सहभागीता रहेको थियो। रनिङको पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कार दिइएको थियो । प्रत्येक बर्ष गरिने स्काई रनिङसंगै अल्ट्रा म्याराथुनका समेत तयारी गरिने आयोजक संस्थाहरुले जनाएको छ । विश्व अल्ट्रा रेसको दोस्रो वरियतामा छिन् । 

जनवरी २७ मा नेशनल ज्योग्रोफिले सार्वजानिक गरेको ‘बर्षकै साहसी व्यक्ति’ एड्भेन्चर अफ द इयर–२०१७ को अवार्ड जितेकी थिइन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.