Websoft University

नेपालको पानी जन्ताको लगानी भन्ने नाराले नै मुलुकमा उर्जा क्रान्ति सुरु भयो: मन्त्री शर्मा

विराटनगर,फागुन ११ गते। २०७३, रातो तारा डट कम-
उर्जामन्त्री जनार्दन शर्माले मुलुकमा उर्जा क्रान्ति सुरु भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा आजबाट एक साताका लागि सुरु भएको विराट एक्स्पो ०७३को उद्घाटन गर्दै उर्जा क्षेत्रमा क्रान्ति नगरी औंद्यौगिक क्षेत्रमा क्रान्ति सम्भव नरहेको उर्जा मंन्त्रीले स्पष्ट पार्नुभयो ।

उर्जा सङ्कटलाई समाधान गर्नका लागि मन्त्री भएकै दिनदेखि प्रयास थालेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस क्षेत्रमा केही सुधार भएको र चालु आर्थिक बर्षमै चार÷पाँचवटा जलायुक्त परियोजना सुरु गर्ने सोचाईका साथ कार्य भइरहेको जानकारी गराउनुभयो ।

पूर्वी तराईमा आतङ्कको रुपमा देखिएको कोशी नदीबाट ठूला परिमाणमा विद्युत उत्पादन गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले सप्तकोशी अन्तर्गतका भोटे,तमोर र अरुण नदीलाई पहाडी क्षेत्रमा नियन्त्रण गरेर विद्युत उत्पादन गर्ने र यसबाट तराईमा कोशीको बाढीको जोखिमबाट समेत राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोशी नदीबाट उत्पादित विद्युत पूर्ण रुपमा पूर्वी क्षेत्रमै खपत गर्ने भएकाले औंद्यौगिक नगरी विराटनगरमा ठूल्ठुला उद्योग सञ्चालन गर्न उद्योगपतिहरुलाई आग्रह गर्नुभयो ।

नेपालको पानीमा जनताको लगानीको नीतिलाई सरकारले अङिगकार गरेको प्रसङग उल्लेख गर्दै उहाँले रोजगारका लागि विदेश गएका नागरिकहरुलाई पनि विद्युत उत्पादनमा लगानीगर्न आह्वान गर्नुभयो ।

मुलुकमा स्रोत साधन हुँदाहुँदै पनि समस्यालाई पहिचान गर्न नसकेको कारणले मुलुक पछाडि परेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आफ्नो मुलुकको सवैभन्दा ठूलो शक्तिको रुपमा रहेको श्रमलाई सदुपयोग गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

मधेशी,थारुलगायत सवैको स्वामित्व संविधानमा स्थापित गरी देशलाई विकासको मार्गमा अग्रसर गराउनुपर्ने विषयमा जोड दिँदै उहाँले संविधान संशोधनको प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभयो ।

समाजवाद उन्मुख संविधान रहेको भन्दै उहाँले संविधान कार्यान्वयन हुनासाथ स्थानीय स्तरमा अधिकार जनताको हातमा पुग्ने बताउनुभयो ।

उहाँले मुलुकमा निर्वाचन अपरिहार्य रहेको चर्चा गर्दै आन्दोलनकारीहरुको भावना संविधानमा समेटिने जानकारी गराउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष पशुपति मुरारकाले बैङ्कले चारपटकसम्म ब्याजमा बृद्धि गरेकाले उद्योग धराशायी हुने सम्भावना बढेको धारणा प्रकट गर्नुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सो सङ्गठनका केन्द्रीय उपाध्यक्षद्वय शेखर गोल्छा,किशोर प्रधान, उद्योगपति चण्डी ढकालले उद्योगमा देखिएका समस्यालगायतका विषयमा आ–आफ्ना धारणा प्रकट गर्नुभएका थिए ।

विराट एक्स्पो ०७३अन्तर्गत कृषि तथा औंद्यौगिक प्रदर्शनीमा औंधौगिक उत्पादन,कृषि,जडिबुटीउत्पादन,कृषिऔंजार,सूचना प्रविधि,वैकल्पिक उर्जा,अटोमोवाइल्स तथापार्टस,हस्तकलाका सामाग्री,विद्युतीय सामाग्री,घरायसी सामाग्री र खाद्य पदार्थ विक्रीका लागि २५४ वटा व्यापारिक कक्ष स्टल राखिएको छ।


                       









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.