Websoft University

जेफालेको फेदीमा निशुल्क आँखा जाच शिविर



युवराज ठकुरी/सिंहदेवी,मोरङ,फागुन २ गते। रातो तारा डट कम,उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवी र धनकुटा वसन्तटारको सङ्गम स्थलमा रहेको जेफाले भ्यु टावरको फेदी सिंहदेवी-५,विहिबारेमा  एकदिने निशुल्क आँखा जाच शिविर संचालन भएको छ।

लाइन्स क्लब अफ बिराटनगर सेन्टरको आयोजना,नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय समिति सिंहदेवी मोरङको सह-आयोजना र मातृभुमि टि स्टेट प्राली,
सिंहदेवी,मोरङको विषेश संयोजन र बिराटनगर आँखा अस्पतालका आँखा सम्वन्धी विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा उक्त शिविर सन्चालन गरिएको आदिवासी जनजाति गाउँ समन्वय समितिका सचिब राजेश लिम्बूले बताए।

विपन्न वर्ग र जेष्ठ नागरिकलाई लक्षित गरि सन्चालन गरिएको शिविरका लागि सिंहदेवीका प्रत्येक वडा देखि अशक्तहरुलाई शिविर स्थल सम्म ल्याउन यातायातको व्यवस्था पनि गरिएको सचिब लिम्बूले बताए।

सो शिविरबाट सिंहदेवी भरिका२५० जनाले आफ्नो आँखाको जाँच गरेका थिए भने १५ जनाको आँखा अप्रेसन नै गर्नुपर्ने डाक्टरले  जनाएको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.