बिराटनगर,फागुन २ गते । रातो तारा डट कम, बिराट राजवंशी समाज उत्थान समितिले,आज पत्रकार सम्मेलन गरेर आफना मागहरुका बारेमा जानकारी गराएका थिए ।
मोरंंङ, सुनसरी,झापा, र त्यसमा पनि बिराटनगरको आस पासमा बसो बास गर्दै आएकाले राजवंशीहरुले बिगत दश वर्ष देखि आफनोे पैहिचानको लागि लडदैआएको बताएका छन ।
बिराट राजाको पाला देखि यो क्षेत्रमा बस्तै आएका जनजातिहरु भएकाले सरकारले सुचिकरण गर्नु पर्छ भन्दै पट पट आन्दोल गर्दै आएको कुरा समेत समाजका केन्द्रीय अध्यक्ष
भुवनेस्वर मण्डल, र संयोजक प्रदिप कुमार बिश्वासले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
झापा मोरङ सुनसरीका बिभिन्न क्षेत्रहरुमा बसोबास गर्दै आएका राजवंशीहरुले मोरगमा ३९ सुनसरीमा ३ इापामा २ ईकाईहरु बनाएर काम गरिरहेको समेत जानकारी गराईएको थियो ।
यसरी बनाईएको समितिले राजवंशीहरुलाई आदिवासीमा सुचिकृत गर्नु पर्ने,एक नम्वर प्रदेशलाई बिराट प्रदेश घोषण गरिनु पर्ने,बिराटनगरलाई एक नम्वर प्रदेशको राजधानी बनाइनु पर्ने,राज्यका हरेक निकायमा राजवंशीहरुको स्थान सुरक्षित गरिनु पर्ने,जस्ता मागहरु राखेर बेला बेलामा आन्दोलन गर्दै आएको जानकारी गराईएको थियो ।
आजै बिराटनगरमा समाजका आफना कार्याकर्ताहरुलाई भेला गराएर प्रशिक्षण दिने र आगामि फागुन ६ गते बिराटनगरकै बिरेन्द्र सभागृहमा आफना ईकाई कार्याकर्ता भेेला गराएर बृहत जानकारी गराउने समेत कार्याक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
Post a Comment