अमृत बास्तोला,पुस २१, गते ।
तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपिडितको सहयोगका लागि अहिले सम्म १३ लाख रुपैया भन्दा बढी नगद संकलन भएको छ । दैवी प्रकोप उद्धार समिति तेह्रथुमले संचालन गरेको संंक्रान्तिबजार पुर्नरनिर्माण तथा पुर्नस्थापना कोषमा विभिन्न संघ संस्था र व्याक्तिहरुले उपलब्ध गराइएको राहत स्वरुप सहयोग नगद कुल १३ लाख ५५ हजार ५ सय १६ रुपैयाँ भएको छ ।
कोषको खातामा बुधबार सम्म यतिका सहयोग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिनु भयो । तेह्रथुमको संक्रान्तिबजारमा भएको भिषण आगलागीका पिडितहरुलाई विभिन्न देशहरुमा प्रवासी नेपालीहरुबाट राहत तथा सहयोग रकम संकलनका लागि अभियान संचालन भईरहेको बताइएको छ ।
तेह्रथुम समाज युके र प्रवासी नेपालीहरुको संयुक्त अभियानबाट ११ लाख रुपैयाँ संकलन भएको युकेबाट सुरेन्द्र ईङनामले आठराई पत्रकार समाज तेह्रथुमलाई फेसबुक मार्फत जानकारी गराउनु भएको पत्रकार समाजका अध्यक्ष अमृत क्षेत्रीले जानकारी दिनु भयो ।
उत्ता इजरालमा पाथिभरा मिडिया ग्रुपलेपनिअग्निपिडित हरुको लागि राहत संकलन अभियान संचालन गरेको छ । मिडिया ग्रुपले चलाएको अभियानबाट १ लाख भन्दा बढी रकम संकलन भईसकेको इजरायलबाट समाजसेवी देव बास्कोटाले जानकारी दिनु भएको छ ।
त्यस्तै गरी प्रवासी नेपालीहरुबाट कोरियामा पनि संक्रान्तिबजार पुर्नरनिर्माण तथा पुर्नरस्थापना गर्न कालागि राहत संकलन अभियान संचालन भएको कोरियाबाट रामप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ ।
पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।
Post a Comment