Websoft University

घुर्मी चतरा कोशी करिडोर ट्रयाक खोल्ने काम अलपत्र


उदयपुर, पुस २० गते । रातो तारा डट कम -
मध्यपहाडी लोकमार्गअन्तर्गत उदयपुरको घुर्मी चतरा कोशी करिडोर ट्रयाक खोल्ने काम अलपत्र परेको छ । सरकारको उच्च प्राथमिकतामा रहेको यस सडक वन कार्यालय र ठेकेदारको कारण अलपत्र परेको हो ।

सुरुमा वातावरणीय असर प्रभाव मूल्याङ्कन नगरेको भन्दै वन कार्यालयले काम रोकेर ढिलाई भएको सडक अहिले प्रभाव मूल्याङ्कन भएपनि ठेकेदारको बहानाबाजीका कारण काम हुन नसकेको हो । ६० किलोमिटर ट्रयाक खोल्ने काम दुई वर्षअघिनै सकाइसक्ने लक्ष्य सडक विभागको भएपनि अहिले ठेकेदारले मूल्य समायोजन गर्नुपर्ने भन्दै काम नथालेको सडक आयोजनाले जनाएको छ ।

घुर्मीदेखि चतरासम्मको १ सय ६७ किलोमिटर मध्ये ६० किलोमिटर ट्रयाक खोल्न चार वर्ष पहिला नै टेन्डर गरिएको मध्य पहाडी लोक मार्ग पूर्व क्षेत्र आयोजनाले जनाएको छ । काम सम्पन्न भएपछि यस सडकले उदयपुरको १८ गाविसलाई सडक संजालमा जोड्ने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.