Websoft University

महिला उद्यमशिलता विकास बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



बिराटनगर, पुस २० गते । २०७३, रातो तारा डट कम -
उद्योग संगठन, मोरंग, महिला उद्यम समितिको आयोजनामा महिला सशक्तिकरण– महिला उद्यमशिलता विकास बिषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न कुरा प्रेस बिज्ञाप्ती मार्फत हामीलाई जानकारी गराइएको छ।


अन्तरक्रिया कार्यक्रमकी सभापति एवं उद्योग संगठन,मोरंग, महिला उद्यम समितिकी संयोजक राजकुमारी तोदीले सहभागिहरुको स्वागत गर्नुहुँदै महिलाहरुमा सीप उर्जा क्षमता हुँदा हुँदै पनि सूचनाको अभावका कारण उद्यमशिलता तर्फ अग्रसर हुन नसकिरहेको कुरा बताउनु हुदै उहाले महिला उद्यमशिलता विकासका लागि सरकारले विभिन्न किसिमका प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको भएता पनि त्यसबाट फाईदा लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै उद्यम सिल हुन वा गर्न ईच्छुक महिलाहरुलाई राज्यले के कस्ता सुबिधा सहुलियत प्रदान गरेको छ, त्यस बिषयमा जानकारी गराई  महिला सशक्तिकरणमा सहयोग पुगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वताउनु भयो ।

उद्योग संगठन मोरंगका अध्यक्ष् मुकेश उपाध्यायले सरकारी निकायबाट महिलाहरुलाई उद्यमशिलता तर्फ प्रोत्साहन गर्न विभिन्न सुविधाहरु प्रदान गरिरहेको भएतापनि त्यसबाट वंचित रहनु परेको अवस्थालाई ध्यानमा राखी उद्योग संगठन मोरंग, महिला उद्यम समितिले कार्यक्रम आयोजना गरेको वताउदै उद्यमशिलताका लागि सरकारबाट महिलाहरुका लागि छुट्टयाईएको वजेट सदुपयोग नगर्न आग्रह गर्नु भयो ।

कृषि विकास वैंक विराटनगर शाखाका प्रमुख गुरु प्रसाद लामिछानेले कृषि विकास वैंकले लघु उद्यम विकासका लागि वैंकले गरेको व्यवस्था, विपन्न वर्गका लागि कृषि विकास वैंकको नीति, महिला उद्यमशिलता प्रोत्साहनका लागि कृषि विकास वैंकले प्रदान गरेको सुविधा लगायत वैंकबाट लिने ऋणको प्रकृया, साँवा, व्याज भुक्तानी र योजनाका वारेमा जानकारी गराउनु भएको थियो ।

महिला तथा वालवालिका कार्यालयकी प्रमुख दुर्गा वरालले महिलाहरु आफु सक्षम हुन उनिहरूको इच्छशक्ति आवश्यक हुने वताउनु हुदै महिलाहरुले गरिरहेका शिपलाई अझ शसक्त पार्दै लैजान आफु सक्षम हुनु पर्ने कुरामा जोड दिनु भयो । उहाले व्यवसाय भनेको वाच्नका लागि मात्र नभएर साच्नका लागि समेत पुग्ने गरि गरिएको व्यवसाय मात्र गर्न आग्रह गर्नु भयो ।

घरेलु तथा साना उद्योग कार्यालयकी निमित प्रमुख सुशिला श्रेष्ठले उद्योग दर्ता गर्दा पेश गर्नु पर्ने कागजात,नविकरण सम्वन्धि व्यवस्था,उद्योगको नामसारी र ठाउसारी प्रकृया लगायतका विषयमा प्रकाश पार्नु भयो ।

कार्यक्रममा उद्योग संगठन मोरंग महिला उद्यम समितिकी सल्लाहकार प्रतिभा रिजाल ओली, शिल्पा कार्की, सदस्य सन्तोषी जैन, लिला रिजाल, चम्पा नेपाल लगायत पचास
जना साना तथा घरेलु उद्योग संचालन गरेका महिलाहरुको सहभागिता रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.