बिराटनगर,पुस २० गते । २०७३- माओवादी केन्द्र प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले एमाले सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाएका छन् ।
माओवादी केन्द्र सोलुखुम्बुको एकदिने प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको विरुद्धमा एमाले उठ्नु भनेको सङ्घीयतासँगै संविधान नै खारेज गर्ने खेल भएको बताए ।
पूर्वमन्त्री समेत रहेका किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गराउने भन्दै एमालेलाई सहमतिमा आई मधेसवासीको मुद्दालाई हल गर्न आग्रह गरे ।
पूर्वमन्त्री समेत रहेका किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गराउने भन्दै एमालेलाई सहमतिमा आई मधेसवासीको मुद्दालाई हल गर्न आग्रह गरे ।
संशोधन गरी सङ्घीयता तथा संविधान कार्यान्वयनसँगै नयाँ संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन गराउने पनि नेता किराँतीले बताए ।
जिल्ला विकास समिति सोलुखुम्बुको समीक्षा हलमा बुधबार सम्पन्न भएको माओवादी केन्द्रको एकदिने प्रशिक्षण कार्यक्रममा एक नगरपालिका तथा ३० गाविसका करिब २५० जना माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Post a Comment