Websoft University

सक्रिय महिला पत्रकारहरूको इटहरीमा राष्ट्रिय भेला सम्पन्न



इटहरी पुष २२ गते ।  नेपालको विभिन्न ४२ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको सक्रिय पत्रकार महिलाहरुको राष्ट्रिय भेला इटहरीमा आज सम्पन्न गर्दै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा महिलाहरुको सम्मानजनक सहभागिता गराउन जोड दिनु पर्नेमा सहमत भएका छन ।

भेलामा सहभागि हुन आउनु भएको राष्ट्रिय समाचार समितिको महाप्रवन्धक समेत रहनु भएकी सक्रिय पत्रकार महिलाको नेतृ निर्मला आचार्यले कम्तिमा हरके जिल्लामा रहेको नेपाल पत्रकार महासङ्घबाट केन्द्रिय सभासदमा महिला सञ्चारकर्मीलाई स्थान दिन पनि आग्रह गर्नुभएको
छ ।

त्यस अवसरमा सक्रिय पत्रकार महिलाको संस्थापक अध्यक्ष सङ्गीता लामाले महिला पत्रकारहरुले आफुलाई पेशागत दक्षता हासिल गरेर अधिकार प्राप्तीका लागि अग्रसरता देखाउने हो भने कसैले पनि महिला पत्रकारहरुलाई समाज वा राज्यले समेत पछि पार्न नसक्ने ठोकुवा समेत गर्नुभयो ।

त्यसैगरी सो अवसरमा अध्यक्ष शुभेच्छा तुलाधरले पछिल्लो सयममा सक्रिय महिला पत्रकारहरुले पनि आफुलाई स्थापित गराउने धेरै गतिला कामहरु गरिसकेकाले अझै अघि बढनु पर्ने खाँचो औल्याउनुभयो ।सोही अवसरमा पत्रकारहरु याम प्रधान लिलाराज भट्टराई गणेश निरौला बाबुराम सुवेदी राजन केडी अम्विका राजथला लगायतले पनि सक्रिय महिला पत्रकारहरुले हिनताबोध होईन उत्साह र जोसकासाथ पत्रकारिता पेशामा खरो उत्रन सके भविष्य सुन्दर रहेको कुरामा जोड दिनुभयो ।

सक्रिय पत्रकार महिलाहरुको उक्त राष्ट्रिय मेलामा रामेछापकी ज्ञानु श्रेष्ठ डडेल्धुराकी सङ्गीता भण्डारी, कपिलबस्तुकी रीता पुरी, प्यूठानकी राधिका भुसाल, सुनसरीकी मनिता चाम्लिङ, रोल्पाकी तेजकुमारी विष्ट सुर्खेतकी मुना हमाल, उदयपुरकी बविता परियारले आ–आफ्नो जिल्लामा सक्रिय पत्रकार महिलाहरुले गरेको गतिविधका विषयमा बुँदागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरुले पत्रकारिताका क्षेत्रमा भोग्नु परेका चुनौति अवसर र बर्तमान अवस्थाका विषयमा पनि चित्रण गर्नुभएको थियो ।त्यसैगरी रसुवाकी अनु आचार्य दोलखाकी गायत्री आचार्य धादिङकी सरिता श्रेष्ठ म्याग्दीकी रेखा रेग्मी मोरङ्गकी उमा पोख्रेल नवलपरासीकी धनु भुसाल सिरहाकी एलिना चौधरी झापाकी माया कट्वाल कपिलबस्तुकी रीता पुरी प्युठानकी राधिका भुसाल लगायतले पनि जिल्लागत बस्तुस्थितिका विषयमा प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो ।
स्रोत इनरुवा अनलाइन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.