विराटनगर, २२ पुष । विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटकको २१औ संस्करण पनि विरेन्द्र सभागृहमा हुने भएको छ ।
पुर्वाञर््ंचल अनि आसपास क्षेत्रका गरी कुल ३६ वटा विधालय वीच सो प्रतियोगीता हुने भएको छ । सो प्रतियोगिता माघ २ गते देखि ६ गते सम्म संचालन हुने भएको छ । नेपालमा यतिका लामो र निरन्तर रुपमा हाजीरीजवाफ प्रतियोगीताको इतिहास नभएको र यसपटक अझै ऐतिहासीक र भव्य वनाउने क्रममा यसपटकबाट नगद पुरस्कारको पनि व्यवस्था गरिएको जुनियर जेसीज अध्यक्ष अभिनास थापाले जानकारी दिनुभएको छ ।
सो प्रतियोगीताको लागी विधालयहरुको क्रेज रहेको र धेरै विधार्थीहरु यो प्रतियोगीताको लागी सधै उत्सुक रहेको र टाढा टाढाबाट पनि क्वीजमा भाग लिन र हेर्न आउने स्मरण संस्थापक एवं प्रतियोगीता संचालक सन्देश दास श्रेष्ठज्युले गर्नुभएको छ ।
Post a Comment