Websoft University

हिमालयन बैङ्कलेे ३० प्रतिशत बोनस दिनेे


काठमाडौं, पुस २३ गते । २०७३ हिमालयन बैङ्क लिमिटेडले शेयरधनी हरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद  गरी कुल ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रवार भएको बैङ्कको चौबीसौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

उक्त  बोनस शेयरको वितरण पश्चात बैङ्कको चुक्ता पूँजी  ५ अर्ब ८४ करोड ८८ लाख ८८ हजार ५ सय पुग्नेछ । हाल जारी भई बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पूँजी रु. ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५ सय हुने बैङ्कले बताएको छ ।

बैङ्कले आव २०७२/७३ अन्त्य सम्म ८७ अर्व ३३ करोड निक्षेप सङ्कलन र ६९ अर्व १० करोड कर्जा प्रवाह गरेको बताएको छ  जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८.७६ र २४.६७ प्रतिशतले बढी हो । बैङ्कले यो वर्ष ५ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने र विभिन्न स्थानमा थप एटीएम तथा पस टर्मिनलहरु विस्तार गर्ने बताएको छ ।
आर्थिक अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.