अर्जुन आचार्य-
विराटनगर, पुस २५ गते। सरकारले कृषि प्रयोजनका लागि राजस्व छुट माग गरि ल्याइएका कृषि अनुदानका ट्र्याक्टरको दुरुपयोग हाल मोरङमा बढेको छ ।
यही आर्थिक वर्षमा मात्रै मोरङमा विराटनगर भन्सारबाट १३ सय ९० वटा कृषि अनुदानका ट्याक्टर भित्रिएका छन् । विभिन्न सप्लायर्सको नाममा भित्रिएका ती ट्र्याक्टरको प्रयोग भने इँटा, ढुंगा, बालुवा, उद्योग, हार्डवेयरका पसलले सामान
बोक्ने काम हाल गरिरहेका छन् ।
यसरी ट्र्याक्टर खरिद गर्ने सप्लायर्सहरुमा विराटनगरका १९ वटा छन् । कुबेर एण्ड सन्स टे्ड लिंकले २ सय ३२, महावीर अटोमोबाइल्सले ९६, नाथ अटो मोबाइल्सले १ सय ५४ वटा, नेपाल टे्ड् एण्ड सर्भिस लिंकले ९५ वटा, राजेश सप्लायर्स एण्ड ट्रेडर्सले १ सय ९४ वटा, आर.आर. कन्ट्रक्सन प्यासिफिक इन्टरप्राइजेजले ५० वटा, विवेक अटो मोबाइल्सले १ सय ३१ वटा कृषि सहुलियतका ट्र्याक्टर कृषि अनुदामा
भंन्सार छुटमा ल्याएका छन् ।
व्यापारिक प्रयोजनका लागि ल्याइएका ट्र्याक्टर पनि सबै कृषि सहुलियतबाट ल्याइएको देखिएको छ । नेपाल सरकारले कृषि क्षेत्रको विकास र प्रबद्र्धनका लागि ५ प्रतिशत मात्रै भन्सार लिएर (सहुलियत)मा ट्र्याक्टर आयात र विक्री वितरणमा छुट दिएको हो ।
‘कृषि प्रयोजनका लागि भनेर राजस्व छुटसहित ल्याइएका ट्र्याक्टरको दुरुपयोगले वास्तविक कृषि क्षेत्रको विकास भएको छैन,’ पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले भन्नुभयो, ‘सरकारले ट्र्याक्टरको व्यावसायीक प्रयोजन रोकेर वास्तविक कृषि क्षेत्रमा लगाउनु राम्रो हो भन्नू
भयो।
पब्लिक फोरमले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएको जानकारी दिँदै अध्यक्ष ढुंगेलले कृषि प्रयोजनका ट्र्याक्टरको प्रयोग शहरी क्षेत्रमा हुँदा ट्राफिक जामको समस्या अझै बढ्दै गएको बताउनु भयो ।
यता जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले ट्र्याक्टरको दुरुपयोगको विषयमा चाँडै कदम चाल्ने बताउनु भयो । ‘हाम्रो पनि अहिलेसम्म यस विषयमा ध्यान गएको थिएन,’ पौडेलले भन्नुभयो, ‘चाँडै कार्ययोजना बनाएर अनुगमन सुरु गर्छौं भन्नुु
भयो।’
Post a Comment