बिराटनगर, पुस २७ गते ।
सप्तरीको बनरझुल्ला-६ स्थित कन्चिरामा मंगलबार आगलागीबाट चार घर जलेर नष्ट भएका छन् भने अन्दाजी १५ लाख ५० हजार बराबरको क्षति भएको छ।
बेलुका ८ बजेतिर स्थानिय भोला ठाकुरको घरबाट बिधुत सट् भई अचानक लागेको आगोले उनको घर तथा नजिकै रहेका भब्लु ठाकुरको घर तथा नगद २५ हजार, विष्वनाथ ठाकुरको घर र रन्जित ठाकुरको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १५ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।
आगालगी लहान तथा विराटनगरबाट गएको दमकल, प्रहरी र स्थानिय मानिसहरुको प्रयासमा राती १० बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।
Post a Comment