बिराटनगर, पुस २६ गते।
काठमाडौंको फोहोरबाट बिजुली र मल उत्पादन गर्न आठ अर्ब लगानी हुने भएको छ। काठमाडौंबाट बिजुली, प्रारंगिक मल र गाडी चलाउने वायोग्यास उत्पादन गर्न दुई कम्पनीले बनाएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लगानी बोर्डले सर्तसहित स्वीकृत गरेको छ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्न नेपवेस्ट कम्पनीको डिपिआर स्वीकृत भएको छ। यो फिनल्यान्ड र नेपालको संयुक्त लगानीको कम्पनी हो। यसमा नेपालको अर्गानिक भिलेज कम्पनी लगानी रहेको छ। काठमाडौंको फोहोर व्यवस्थापनका लागि ६ अर्ब रुपैयाँ लगानी डिपिआरमा उल्लेख छ।
त्यस्तै भक्तपुर र ललितपुरको फोहोर व्यवस्थापनका लागि ग्रीन भ्याली (नेपाली कम्पनी) र भारतका बिबिजी र ग्रिनफिल्ड वेस्ट म्यानेजमेन्ट कम्पनीको डिपिआर स्वीकृत भएको छ। ती ठाउँको फोहोर व्यवस्थापन गर्न कम्पनीले दुई अर्ब रुपैयाँ खर्च गर्ने डिपिआरमा उल्लेख छ।
लगानी बोर्डले दुवै कम्पनीसँग आयोजना विकास सम्झौता (पिडिए) गर्ने अन्तिम तयारी भइरहेको जनाएको छ। बोर्डका सहसचिव मधुप्रसाद भेटवालका अनुसार अहिले दुबै कम्पनीसँग अनौपचारिक छलफल भइरहेको छ। ‘हामी एक महिना भित्रै उनीहरुसँग आयोजना विकास सम्झौता गर्छौं’, भेटवालले भन्नुभएकोछ।
राजधानी बाट
Post a Comment