युवराज ठकुरी/सिंहदेवी,मोरङ, मङ्सिर २७ गते ।
मोरङको पहाडी गाविस सिंहदेवीको गाउँ परिषद बैठक मङ्सिर २६गते सम्पन्न भएको छ।आर्थिक वर्ष ०७३/७४को संसोधित तथा,आर्थिक वर्ष ०७४/०७५को प्रस्तावित योजना पारित गर्दै परिषद बैठक सम्पन्न गरिएको गाविस सचिव कमल कोइरालाले बताउनु भयो।
गाविस सचिब कमल कोइरालाको सभापतित्व र खरिदार रन्जित बुढाथोकीको सन्चालनमा भएको उक्त परिषद बैठकमा नेपाली काङ्ग्रेस गाउँ सभापति लक्ष्मीमैया शाही,नेकपा एमाले अध्यक्ष दीलिप ठकुरी,माओवादी केन्द्रका संयोजक खड्गबहादुर ठकुरी,मन्चसम्बद्द लिम्बूवानका गणेश लावती,सङ्घीय समाजवादी फोरमका योगेन्द्र तुम्बापो, एकीकृत विकास अभियानका उपाध्यक्ष प्रेम लिम्बू , आदिवासी जनजातिका अध्यक्ष कबिन्द्र तुम्बापो,महिला प्रतिनिधि बिना खजुम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।
परिषद भेलामा वडा नागरिक मन्चका अध्यक्षहरुले आआफ्ना वडाका योजनाहरु प्रस्तुत गरेका थिए।
बैठकले अपुरो रहेको सिंहदेवी-६समितेनमा विधुत विस्तार, सिंहदेवीभरि विधुत मर्मत र फलामे पोल खरिद,विद्यालय सुधारकाका लागि योजना लगाउने गरि बजेट वितरण गरिएको सचिब कोइरालाले बताए ।
बैठकले अपुरो रहेको सिंहदेवी-६समितेनमा विधुत विस्तार, सिंहदेवीभरि विधुत मर्मत र फलामे पोल खरिद,विद्यालय सुधारकाका लागि योजना लगाउने गरि बजेट वितरण गरिएको सचिब कोइरालाले बताए ।
Post a Comment