बिराटनगर, मंसिर २० गते।
पूर्व क्षेत्रीय प्रहरीको सचेतनामुलक अभियान अन्तरगत आइतबार बिराटनगर उपमहानगरपालिका २१ स्थित श्री जनबिकास उच्च मा.वि. मा चेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ।
“प्रहरी मेरो साथी” कार्यक्रम अन्तरगत क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरीले स्थलगत रुपमा उक्त बिधालयमा गई आइतबार बिहान बिधालयको कक्षा ९ र १० मा अध्ययनरत ९१ जना छात्र/छात्राहरुलाई ई चेतनामुलक प्रशिक्षण दिएका छन्।
कार्यक्रममा बिधार्थीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर क्राइम, बाल अधिकार तथा
बाल बिज्याईँ का विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रमका संयोजक महिला बालबालिका सेल प्रमुख
प्रहरी नायव निरीक्षक कृष्ण कुमारी अधिकारीले बताउनु
भयो। प्रशिक्षणकाक्रममा बिधार्थीहरुले राखेका बिभिन्न जिज्ञासाहरुको समेत सम्बोधन गरिएको थियो।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरीले चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म सचेतना बढाउने उद्देश्यले मोरङ तथा सुनसरी जिल्लाका बिभिन्न १४ वटा स्थानमा स्थलगत रुपमा गई करिब एक हजार भन्दा बढी महिला तथा बालबालिकाहरुलाई चेतनामुलक प्रशिक्षण दिई सकेका
छन्।
Post a Comment