Websoft University

एसिया कप आज नेपाल भर्सेस थाइल्याण्ड



काठमाडौं, १६ मंसिर । एसिसी महिला एसिया कप क्रिकेटमा आज नेपालले आयोजक थाइल्याण्डसँग खेल्दैछ । टेस्ट मान्यता नपाएका नेपाल र थाइल्याण्डले यसअघि भएका आफ्ना तीनै खेल गुमाएका छन् । खेल नेपाली सयम अनुसार बैंककमा राति पौने ९ बजे हुनेछ । दुवै टोलीलाई यो खेल प्रतियोगितमा जित निकाल्ने मौका हो ।

शक्तिशाली देशसँग खेलिसकेकाले दुवै टोली दबाबमुक्त भएर मैदान उत्रने छन् । प्रतियोगिता पूर्व भएको अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग १९ रनले हारेको थियो । तर आजको खेलमा प्रदर्शन सुधार गर्ने नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यातको भनाई छ ।

थाइल्याण्ड यसअघि भएका खेलमा भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ र श्रीलंकासँग ७५ रनले पराजित भएको थियो । यस्तै नेपालले पनि यसअघि भएका तीनै खेलमा हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो ।

काठमाडौं, १६ मंसिर । एसिसी महिला एसिया कप क्रिकेटमा आज नेपालले आयोजक थाइल्याण्डसँग खेल्दैछ । टेस्ट मान्यता नपाएका नेपाल र थाइल्याण्डले यसअघि भएका आफ्ना तीनै खेल गुमाएका छन् ।

खेल नेपाली सयम अनुसार बैंककमा राति पौने ९ बजे हुनेछ । दुवै टोलीलाई यो खेल प्रतियोगितमा जित निकाल्ने मौका हो । शक्तिशाली देशसँग खेलिसकेकाले दुवै टोली दबाबमुक्त भएर मैदान उत्रने छन् । प्रतियोगिता पूर्व भएको अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग १९ रनले हारेको थियो ।

तर आजको खेलमा प्रदर्शन सुधार गर्ने नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यातको भनाई छ । थाइल्याण्ड यसअघि भएका खेलमा भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ र श्रीलंकासँग ७५ रनले पराजित भएको थियो ।

यस्तै नेपालले पनि यसअघि भएका तीनै खेलमा हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो ।

एसिया कप आज नेपाल भर्सेस थाइल्याण्ड

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.