Websoft University

आगलागीबाट तीन घरमा क्षति


बिराटनगर, मंसिर १६ गते।
ताप्लेजुङ र खोटाङ जिल्लामा बुधबार आगलागीबाट तीन घर जलेर नष्ट भएकाछन।

प्रहरीले दएको समाचार अनुसार ताप्लेजुङको निगुरादिन- ६ मा बुधबार आगलागीबाट दुई घरमा क्षति भएको छ। स्थानीय मनमाया थलाङको घरमा राखीएको सोलार प्यानलको तार साँझ ५ बजेतिर अचानक सर्ट भइ आगलागी भएको थियो।

आगलागीबाट मनमाया, नजिकै रहेको अर्को एक घर, घरभित्र भएको नगद ८० हजार तथा अन्य सम्पूर्ण सामन जल्दद अन्दाजी ४ लाख ५० हजार  बराबरको क्षति भएको बताइएको छ।  आगलागी प्रहरी चौकी निगुरादिनबाट खटिएको टोली र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको थियो।

त्यस्तै खोटाङको दिक्तेल-५ बस्ने धौलाराज राईको घरमा अपरान्ह ३ बजेतिर खाजा बनाउने क्रममा भान्साकोठाबाट अचानक सल्किएको आगोले  ढुङ्गा माटोबाट बनेको तीन तले घर,  घरभित्र भएको सम्पूर्ण सामानहरु जलेका छन।

आगोले राईको अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानीय गाउँलेको सहयोगमा नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.