युवराज ठकुरी/सिंहदेवी,मोरङ २८ गतेे ।
उत्तरी मोरङ सिंहदेवीमा मङ्सिरे पुर्णेको अवसरमा आयोजित नकाउट फुटबल उद्घाटन खेलमा खुवाखोप धनकुटाले लेटाङ ११का फुटबल टीमलाई ३का विरुद्ध ४गोलले पराजित गरेको छ।
प्रतिस्पर्धात्मक रुपमा भएको उद्घाटन खेलमा पहिलो चरणमा दुई दुई गोलले सकिएपनि लेटाङले खुवाफोकलाई दोस्रो चरणमा एक गोलले पछाडि पारेपनि पुनः खुवाफोक धनकुटाका खेलाडी रुपेश याक्खाले सरासर दुई गोल गरेपछि उद्घाटन खेलमा जीत हासिल पारेको हो।
बजार संयोजक खड्गबहादुर ठकुरीको सभापतित्व र कमल ठकुरीको संचालनमा भएको उद्घाटन खेलको औपचारिक उद्घाटन खेलकुद संयोजक सुमन लिङ्दमले गरेका थिए।उद्घाटन समारोहमा कल्याणकारी माविका प्रअ बसन्तकुमार खाण ठकुरी,नेकपा एमालेका दीलिप ठकुरी नेपाली काङ्ग्रेसका लक्ष्मीमैया शाही,सङ्घीय मन्च लिम्बूवानका गणेश लावतीको उपस्थिति रहेको थियो ।
नकाउट फुटबल खेलमा विभिन्न ठाउँका १९टीमले सहभागिता जनाएको आयोजकले बताएका छ्न।
Post a Comment