
युवराज ठकुरी/सिंहदेवी,मोरङ मङ्सिर २८ गते ।
उत्तरी मोरङ सिंहदेवीमा मङ्सिरे पुर्णिमाको अवसरमा आयोजित नकाउट फुटबल प्रतियोगितामा सहयोग पुर्याउने उद्देश्यले नेकपा एमाले गाउँ कमिटी सिंहदेवीले फुटबल,तीन वटा कप,मेडल र प्रमाणपत्र हस्तान्तरण गरेको छ।
प्रत्येक वर्ष झै यस वर्ष पनि सिंहदेवी७मा २८गते फुटबल प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरिएको अवसरमा नेकपा एमाले गाउँ कमिटी अध्यक्ष दीलिप ठकुरीले सिंहदेवी खेलकुद संयोजक सुमन लिङ्दमलाई हस्तान्तरण गरेका थिए।
त्यसै गरि उक्त प्रतियोगिताका लागि नेकपा माओवादी केन्द्र गाउँ कमिटीले दोस्रो पुरस्कार,नेपाली काङ्ग्रेस,सङ्घीय मन्च सम्बद्ध लिम्बूवान सिंहदेवी र अन्य व्यक्तित्वहरुबाट पनि सहयोग आइरहेको सिंहदेवी मङ्सिरे पुर्णिमा मेलाबजार समितिका सचिब कमल ठकुरीले बताए।
Post a Comment