Websoft University

सुनको भाउ ३५०० ले घट्यो



काठमाडौं, मंसिर ३० गते ।
यो महिना लागे पछि सुनको भाउ ३ हजार ५ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन बिहीबार ५२ हजार १ सय रुपैयाँमा झरेको छ  ।

यो भाउ बुधबारको भन्दा ५ सय रुपैयाँले कम हो ।  अमेरिकाको बैंकले ब्याजदर बढाएपछि बिहीबार झण्डै २० डलरले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । यसअघि पोहोर माघ २१ गते सुन तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि लगातार बढ्दै  गएर साउन महिनामा सुनको भाउ तोलामा ५९ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो  । तर यो महिना लागे पछि भने सुनको भाउ लगातार घट्दै गएको छ ।
भाउ अझै घट्ने अनुमान गरिएको छ ।

यो महिना चाँदीको भाउमा भने धेरै उतारचढाव आएन । सुरुको दिन तोलामा ८ सय रुपैयाँ रहेको चाँदी बिहीबार तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.