झापा, मंसिर २० गते।
झापाको शनि-अर्जुन नगरपालिका ९ बसपार्कस्थित एक घरबाट प्रहरीले आइतबार जुवा खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ।
बसपार्क नजिकै रहेको लय उप्रेतीको घरमा डेरा लिई बसेका रामप्रसाद क्षेत्रीको कोठाबाट विशेष सुचनाका आधारमा राती ८ बजे कौडा खेल्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय अनारमनिले जानएको छ।
जुवाको खालबाट नेपाली १ लाख ४७ हजार ७ सय बिस, भारु ६ हजार ५ सय रुपैय तथा ३२ थान कौडाको गोटी बरामद भएको उक्त कार्यालयले जनाएको छ। पक्राउ परेका सातै जनालाई अनुसन्धानकालागी प्रहरी कार्यालयमा राखिएको छ।
Post a Comment