Websoft University

चीनले नेपाली जनताका लागि २८ मिलियान डलरको उपभोग्य सामाग्री पठायो


काठमाडौं, मङ्सिर २९ गते । फाएल फोटो-
चीनले नेपालमा ठूलो परिमाणमा रेलमार्फत् सामान ढुवानी गरेपछि भारत र चीनबीच सम्बन्धमा खतरा बढेको छ । चीनले दक्षिणी नेपालमा १० वर्षयताकै सबैभन्दा धेरै उपभोग्य सामाग्री ल्याएपछि भारत चीनसँग रुष्ट भएको हो।


चीनले एकसाथ नेपालमा २८ मिलियन डलरको उपभोग्य सामाग्री पठाएको एक सातामै भारतले चीनसँग आक्रोश व्यक्त गरेपछि चिनले त्यसको कडा जवाफ दिएको छ । समान ढुवानीमा अवरोध भए भारतले अन्त्यहिन समस्या समाधान गर्नुपर्ने चेतावनी चीनले दिएको हो ।

चीनले नेपालमा समान ढुवानी गर्न थालेपछि भारतले भने मंगोलियामा लगानी सुरु गरेको छ । चीनले नेपालमा समान पठाएको साता बित्न नपाउदै भारतले मंगोलियालाई एक विलियन डलर सहयोग गरेको छ । उता चीनले भने भारतले मंगोलियामा गरेको सहयोगलाई घुसको सज्ञा दिएको छ ।

नेपालको विकासका साथ दिने र आफ्नो निर्यातकर्ताको रुपमा नेपाललाई अगाडि बढाउने नीति अनुसार चीनले नेपालमा ठूलो लगानीमा ढुवानी गर्ने योजना बनाएको हो । नेपालसँगको व्यापारका लागि चीनले ३६ अर्बको रेलवे योजना नै तयार पारेको छ ।

समान ढुवानी भएपछि भारतको नराम्रो प्रतिक्रिया आएको भन्दै चीनले नेपालसँग जोडेर भारतलाई गम्भीर चेतावनी दिएको छ । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्स मार्फत् चीनले भारतलाई यस्तो चेतावनी दिएको हो । नेपालसँग जोडिने रेल परियोजनाको विरोध गरेमा भारतले ‘अन्तहीन कठिनाई’ को सामना गर्नुपर्ने चेतावनी दिएको उल्लेख गरिएको छ ।

‘चीन–नेपालबीच बनाउन लागिएको कार्गो ट्रेन परियोजनाको विरोध हुन्छ भने भारतले ‘अन्त्यहीन कठिनाई’ को सामना गर्नुपर्नेछ’, ग्लोबल टाइम्सले भनेको छ’, ‘नेपालसँग रेल–रोड सम्पर्कलाई बढावा दिने कोशिसको जवाफमा भारत पनि चीनको छिमेकी मंगोलियासँग आफ्नो सम्बन्ध बढाइरहेको छ । 

यसका लागि भारतले मंगोलियालाई एक बिलियन डलरको ‘घुस’ दिएको छ ।’
भारतले चिनियाँ प्रतिबन्धबाट नराम्ररी प्रभावित बनेको मङ्गोलियालाई सन् २०१५ मा एक बिलियन डलरको मद्धत गर्ने घोषणा गरेको थियो ।

चीनको आधिकारिक सञ्चारमाध्यमले नै मंगोलियालाई चेतावनी दिँदै भारतसँग सहयोग माग्नु ‘‘राजनीतिक रूपमा हत्तारले भरिपूर्ण कदम’’को संज्ञा दिइसकेको छ ।
osnepal अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.