युवराज ठकुरी/सिंहदेवी,मोरङ, मङ्सिर ३० गते ।
उत्तरी मोरङ सिंहदेवीमा मङ्सिरे पुर्णिमाको अवसरमा आयोजित नकाउट फुटबल प्रतियोगिता सन्चालनमा सहयोग पुर्याउने उद्देश्यले योङ्ग कम्युनिस्ट क्षेत्र न.९मोरङले दोस्रो पुरस्कारको राशी प्रायोजन गर्दै दोस्रो दिनको कार्यक्रमको उद्धाटन गर्दै आयोजक कमिटीलाई हस्तान्तरण गरेको छ।
प्रत्येक वर्ष झै यस वर्ष पनि सिंहदेवी७मा २९गते फुटबल प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरिएको अवसरमा योङ्ग कम्युनिस्ट लिग मोरङ क्षेत्र न.९अध्यक्ष बिनोद नेपालले मङ्सिरे पुर्णिमा मेला बजार समिति खड्गबहादुर ठकुरीलाई दोस्रो पुरस्कारको राशी रु१५००० हस्तान्तरण गरेका थिए।
दोस्रो दिनको औपचारिक उद्घाटन खेललाई शुभारम्भ गर्न प्रमुख अतिथिका रुपमा माओवादी केन्द्र मोरङ क्षेत्र न.९अध्यक्ष प्रेम मिभक विशेष अतिथी योङ कम्युनिस्टका बिनोद नेपाल,अतिथी शिक्षक हेमबहादुर ठकुरी,सङ्घीय मन्च सम्बद्ध लिम्बूवानका गणेश लावती लगायतको उपस्तिथि रहेको थियो।
युवराज ठकुरीको सन्चालन र बजार संयोजक खडबहादुर ठकुरीको सभापतित्वमा भएको उक्त औपचारिक कार्यक्रममा माओवादी केन्द्र मोरङ क्षेत्र न. ९का अध्यक्ष प्रेम मिभक ,योग कम्युनिस्टका बिनोद नेपालले शुभकामना मन्तव्य राखेका थिए।
त्यसै गरि उक्त प्रतियोगिताका लागि नेकपा एमाले गाउँ कमिटी सिंहदेवीले २वटा फुटबल,कप,मेडल र प्रमाणपत्र, नेपाली काङ्ग्रेस ,सङ्घीय मन्च सम्बद्ध लिम्बूवान सिंहदेवी र अन्य व्यक्तित्वहरुबाट पनि सहयोग आइरहेको सिंहदेवी मङ्सिरे पुर्णिमा मेलाबजार समितिका सचिब कमल ठकुरीले बताए।
Post a Comment