झापा कात्तिक २३ गते।
इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमवार राति जुखा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई पक्राउ गरेको
छ । प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले बिर्तामोडबाट उनीहरुलाई जुवाको खालबाटै नगद ६१ हजार
९ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ परेका कसैको पनि नाम प्रहरीले खुलाएको छैन ।
गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको
र आज जुवा ऐन अन्तरगत उनीहरुलाई मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पछिल्लो समय बिर्तामोड आपराधिक गतिविधि गर्ने मुख्य थलोको रुपमा विकास हुँदै गएको जनगुनासो बढेपछि त्यसलाई निस्तेज पार्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशव थेवेले बताउनुभयो ।
Post a Comment