Websoft University

आरोप गलत हो भनेका छन।



काठमाडौं, मंसिर १४ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गत नोभेम्बरमा ८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लाखौं अवैध मत खसेको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आरोपको समर्थनमा कुनै प्रमाण नभएको जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप अस्वीकार गरेका हुन् ।

राष्ट्रपति निर्वाचित ट्रम्पले भने लाखौं अवैध मत घटाउने हो भने आफूले पपुलर मतमा समेत जित्ने दाबी गरेका थिए ।

रिपब्लिकन पार्टीका ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले जितेको भर्जिनिया, न्यू ह्याम्सायर र क्यालिफोर्नियामा गम्भीर धाँधली भए आरोप लगाएका छन् ।

ट्रम्पले सबै महत्वपूर्ण इलेक्टोरल मतमा जित हासिल गरेका थिए । क्लिन्टनले विस्कन्सीनमा पुनः मतगणना गर्ने ग्रिन पार्टीकी उम्मेदवारको मागलाई समर्थन गरेपछि पछिल्लो विवाद सतहमा आएको हो ।

ट्रम्पभन्दा क्लिन्टनले २० लाख बढी पपुलर मत पाएका छन् । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.