बिराटनगर,कात्तिक२२ गते।
कुवेतको एक घरमा कार्यरत नेपाली महिलाको उद्दार गरिएको छ । फेसबुकबाट ओखलढुंगाका संचारकर्मीहरुसँग समस्यामा परेको भन्दै सम्पर्कमा आउनु भएकी सिन्धुपाल्चोककी पुजा लामाको उद्दार गरिएको छ ।
एनआरएनए कुवेतकी महिला प्रतिनिधि मधु बगरले नेपालबाट कम्पनिमा काम गर्ने भनेर एजेन्टमार्फत खाडी मुलुक कुवेत
लगेकी लामाको उद्धार गरिएको बताउनुभयो । घरायसी कामदारका रुपमा गत फेब्रुवरी २१ मा कुबेतको ज्याखोर
सिटी साददुल्लाको ब्लक न १११ घर नं ६ को ईसारामा
पुग्नु भएको थियो ।
घर मालिकको अत्याचारमा परेकी पुजा ओखलढुगा स्थित रमाइलो सामुदायीक रेडियोका मनोज भट्टराइको सानो प्रयासका कारण एनआर एन कुवेतको सम्पर्कमा आउनु भएको हो । पूजालाई एनआरएनए कुवेत र दूतावासका कर्मचारी तथा विभिन्न व्यक्तिको सहयोगमा कार्तिक २० गते कुवेत दूतावासमा लगिएको छ ।
Post a Comment