Websoft University

नि:शुल्क वितरण हुने औषधिको नाम सूचना बोर्डमा राखिनु पर्ने


काठमाडौं, कार्तिक २२ गते । स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने नि:शुल्क अत्यावश्कीय औषधिको सूची सेवाग्राही सबैले देख्न सक्ने गरी सूचना बोर्डमा राख्न निर्देशन दिएको छ । 
मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयहरूलाई आइतबार पत्र लेखी नि:शुल्क वितरण हुने औषधिको नाम सूचना बोर्डमा अंग्रेजी र नेपाली दुवै भाषामा राख्न निर्देशन दिएको हो । जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइन्छ । 
मन्त्रालयले के–के औषधि नि:शुल्क छन् भन्नेबारेमा जनतालाई सचेत गराई ठगिनबाट बचाउन सूचना बोर्ड राख्न अनिवार्य गरिएको जनाएको छ । सूचना नराख्ने स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले ती स्वास्थ्य संस्थालाई तुरुन्त फ्लेक्स बोर्ड बनाई राख्ने व्यवस्था गरी महाशाखालाई जानकारी गराउन पनि निर्देशन दिएको छ । 
सरकारले उपलब्ध गराउने नि:शुल्क औषधिका बारेमा जानकारी नहुँदा सर्वसाधारण ठगिने गरेको गुनासो बढदै गएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । धेरै स्वास्थ्य केन्द्रमा नि:शुल्क औषधि उपलब्ध नहुँदा बिरामीले निजी औषधि पसलबाट महँगो मूल्यमा किन्नुपरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.