काठमाडौं, कात्तिक २६ गते । पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्दा भएका तीन बुँदे सम्झौता कार्यान्वयनको मागगर्दै मोर्चाले संसद बैठक बहिष्कार गरेको हो । मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टीलगायत छन् ।
बैठक सुरु भएलगत्तै विशेष समय लिंदै फोरम संसदीय दलका नेता अशोककुमार राईले तीन बुँदे सम्झौता कार्यान्वयन नभएसम्म संसद बैठकमा सहभागी नहुने बताए । ‘संविधान संशोधनसहितका सम्झौता कार्यान्वयन गर्न सरकार बिल्कुल निदाएर बसेको छ,’ उनले भने, ‘माग पूरा नभएसम्म सदनको कारबाहीमा सहभागी हुन सक्दैनौं ।’
राईले सरकारले आन्दोलनमा लागेका मुद्धा फिर्ता नलिएको, अझै पक्राउको श्रृंखला नरोकेकोलगायतका आरोप लगाए ।
Post a Comment