Websoft University

साथीसँग खेल्दा खेल्दै बालिकाको एउटा आँखा गुम्यो

युवराज ठकुरी,सिंहदेवी/मोरङ-भदोै १६ गते,
उत्तरी मोरङ सिंहदेवी ६ समितेनकी ११ वर्षकी बालिकाको साथीसँग खेल्नेक्रममा एउटा आँखा गुमेको छ।

साथीले पेप्सीको बोतललाई लात्तीले हान्दा उनको आँखामा लागेर एउटा आँखा गुमेको अभिभावक योगेन्द्र लिम्बुले बताए।

 सिंहदेवी 6मोरङकी अन्जना लिम्बूकी छोरी प्रियङका लिम्बू नजिकै श्री पन्चकन्या प्राबिमा कक्षा तीनमा अध्ययनरत छिन् ।विद्यालय वर्षे विदा भएको बेला घरमा नै साथीसँग खेल्नेक्रममा उक्त घटना भएको थियो।

घटना भएको निकै दिन पछाडी गोपा क्याम्पमा उपचार गराउन लादा पनि उपचार सम्भब नभएको र एउटा आँखाको ज्वोती सधैंका लागि गुमेको अभिभावक लिम्बूले बताए ।
२०७३/०५/१६,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.