Websoft University

महिलाहरू सामुहिक रुपमा च्याउ खेति गदैं



सुर्खेत,असोज ७ गते  वीरेन्द्रनगर ११ चनौटेकी भगवति पौडेलले व्यवसायिक रुपमा च्याउ खेति गर्न लागेको २ वर्ष भयो । भगवति च्याउ खेति गर्ने एक्ली भने होइन् । उनको समुहमा ४ जनाको समुह छ । 

घरको कामसंगसंगै भगवतिसंग रत्ना खनाल, धनसरी खत्री र रत्ना सोमइले सामुहिक रुपमा च्याउ खेति गरिरहेकी छन् । च्याउ खेतिबाट राम्रो आम्दानि गरिरहेको उनीहरु बताउ“छनु । ‘च्याउ खेति गर्दा धेरै समय दिनु पर्दैन् थोरै मेहनतमा भए पनि पुग्छ’ भगवतिले भनिन्, ‘‘हामीले अलिकति बचेको समयलाई सदुप्रयोग गरे सामुहिक रुपमा च्याउ खेति गरिरहेका छौ“ ।’ जिल्ला कृषि विकास कार्यालय अनुदानमा च्याउको बिउ दिए पछि उनीहरुले सामुहिक रुपमा च्याउ खेति गर्न लागेका हुन । भगवतिले अघिल्लो वर्ष युवा लक्षित कार्यक्रमबाट च्याउखेति गरेकी थिइन् ।  

यस्तै लाटीकोइलीका सुकराम चौधरीले पनि व्यवसायिक रुपमा च्याउ खेति गर्न लागेको करिब सात वर्ष भयो । उनले च्याउको एक सिजनमा करिब ५० हजार आम्दानि गरेको बताए । ‘च्याउले बजार पनि राम्रो पाउ“छ आम्दानि पनि राम्रै हुन्छ’ उनले भने, ‘अहिले कृषिले अनुदानपनि दिइरहेको छ, मेहनत भए आम्दानी राम्रोसंग हुन्छ ।

जिल्लामा विकास कार्यालयले कृृषकहरुलाई अनुदानमा च्याउको बिउ दिन थाले पछि र छोटो समयमा उत्पादन हुने भए पछि कृषकहरु पछिल्लो समय च्याउ खेतिमा आर्कषित भएका छन् । अहिले च्याउ खेतिको दुई लटसमेतको च्याउ विक्रि गरेर ३० हजार आम्दानी गरेको रत्ना खरालले बताइन् । ‘सानोसानो व्यवसाय गरेर घरमा रोजगारी सृजना गरिएको छ’ उनले  भनिन्, ‘घर खर्च र बचत गर्नका लागि कृषि पेशाबाट पुग्छ ।’ उनले घरमा समय खेर फालेर बस्नु भन्दा केही पेशा व्यावसायमा लाग्नुपर्ने बताइन् ।  

जिल्ला कृषि विकास कार्यालयले च्याउ खेतिका लागि जिल्लामा करिब ७ सय कृषकलाई च्याउको बिउ अनुदानमा वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बिजयकुमार गिरीका अनुसार ५० प्रतिशत अनुदानमा पा“च हजार पा“चसय प्याकेट च्याउको बिउ वितरण गरिएको छ । ‘अहिले च्याउ  खेति गर्नका लागि कृषकहरुबाट विउको माग भइरहेको छ’ अधिकृत गिरीले भने, ‘पछिल्लो समय च्याउ खेतिमा कृषकहरुको आर्कषण बढ्दै गइरहेको छ ।

उनले युवा लक्षित कार्यक्रम अन्तरगत च्याउ खेतिका लागि यस वर्ष पनि ५५ जना युवाहरुलाई ४० हजारका दरले अनुदान दिने बताए ।  युवा लक्षित कार्यक्रमका लागि दुईसय ११ जनाले निवेदन दिएको बताए । ‘च्याउ खेतिका लागि भनेर युवा लक्षित कार्यक्रम अन्तरगत दुईसय 
११ जना युवाहरुले निवेदन दिनु भएको छ ’ उनले भने ‘हामीले यसबाट छनोट गरेर ५५ जनालाई ४० हजारका दरले अनुदान दिन्छौ।
कृषि अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.