Websoft University

विद्यालयबाट रु एक लाख ३० हजार चोरी


बिराटनगर, असोज  १२ गते । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ । विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो ।

विद्यालयको स्टिल दराज फोडेर त्यहाँभित्र राखिएको रकम चोरी भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो । रकम चोरी भएको घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.