Websoft University

विराटनगर का अधिकाशं क्षेत्र डुवानमा



असोज ९ गते । रोशन पोखरेल,
निरन्तर  १२ घन्टाभन्दा लामो समयदेखि परेको वर्षाका कारण विराटनगर लगायत आसपासको क्षेत्र जलमग्न भएकोछ। विराटनगर उपमहानगरपालिकाका अधिकाशं भागमा डुवान भएको छ ।

देवकोटा चौक, विराटनगर बसपार्क, रोडशेष चौक पोखरिया,आयल निगम चौक,ठूलोमिल चोक, हस्पिटल चोक डुबानमा परेका छन् । साथै मेनरोड विराटनगर र कोशी  राजमार्गको शिवमन्दिर नजिकै  एनसेल सेन्टर अगाडि पानी जम्दा  सवारी आवत जावतमा पनि कठिनाई भएकोछ।


विराटनगरमा पानीको उचित निकास नहुँदा वर्षेनी नगरबासीले हैरानी खेप्दै आएका छन । बर्षाका कारण मोरंगका उत्तरी भेगसमेत जलमग्न भएका छन् ।सिंघिया र केशलिया खोलामा बाढी आएको छ । साथै मधुमारामा रहेको सुकुम्वासी वस्तिमा पानी पसेको स्थानिय वासीले जानकारी दिएकाछ।

अविरल परेको वर्षाका कारण सुकुम्वासी वस्ति डुवानमा परेकाले सुरक्षित स्थानमा वस्नको लागी मोरङ्ग प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.