Websoft University

नेपाल राष्ट्र बैङ्कमा जम्मा गर्न ल्याउदै गर्दा २५ लाख बुधहाट चोक बाटैै लुुटियो


असोज ११ विराटनगर-
नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैङ्कबाट राष्ट्र बैङ्कमा जम्मा गर्न ल्याइएको २५ लाख रुपैया आज विहान करिव  ११ बजे अज्ञात समूहले लुटपाट गरेको हो ।

विराटनगरको बुधहाट चौकमा रहेको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । गाडी चालक चालक बीरबहादुर लिम्बुका अनुसार गाडीलाई पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा अज्ञात समूहले गाडीको शिशा फुटाई रकम लुटेका थिए । विराटनगरको बुधहाट चौकमा रहेको बि प्लटमा अहिले पार्किङस्थल बनाइएको छ ।

सो स्थान विराटनगरको ब्यस्त भएकाले सो घटना घटनु आश्चर्य जनक भएको छ ।डेभलपमेन्ट बैङ्कले चालक र एक कर्मचारीसहित रकम जम्मा गर्न पठाएको थियो । यता प्रहरीले भने घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ । चार्ड पर्व नजिकिएसँगै लुटपाटको घटना हुन नदिन प्रहरीले सतर्कता अपनाएको बताएपनि विराटनगरमा दिउँसै लुटपाट हुँदा सुरक्षा चुनौती बढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.