भदोै१९,गते । लछप्पै भिजेको भात र खसीको मासु। आमाले पकाएको दर साह्रै मीठो लाग्थ्यो। अहिले आफूले बत्तीस मसला राखेर पकाउँदा नि त्यस्तो स्वाद कहाँ पाउनु ? गायिका रेखा शाहले शनिबार बिहानैदेखि मनमा यस्तै यस्तै कुरा खेलाउँदै दर पकाउन थालिन्। प्राय: बेलुका खाने दर उनले बिहानैदेखि सुरु गरेकी थिइन्। बेलुका समयमै सुत्नुपर्छ भन्ने रेखाको मान्यता रहेछ। त्यसैले राति खाने दरको परम्परालाई उनले समय सापेक्ष परिवर्तन गरेकी रहिछन्।
रेखा करिब दुई दशकअघि आमाको हातले पकाएको दर सम्झिँदै थिइन्। दुई भाइलाई आफ्नै घरमा बोलाएकी उनले अरू परिकार घर सहयोगीलाई बनाउन लगाए पनि मासु पकाउनचाहिँ आफै अघि सरिन्। ‘मिट स्पेसल बनाउँछु,’ उनले भनिन्, ‘फिस फ्राईदेखि चार थरी त मासु नै छ।’ गाउँको र सहरको दरबीच स्वादभन्दा पनि आत्मीयतामा फरक हुने रेखाले अनुभव गरेकी रहिछन्। ‘सहरमा धेरै भेराइटी छ तर, टेस्ट छैन,’ उनले भनिन्, ‘गाउँको त पानी नै मीठो। अरूको के कुरा गर्नु?’ रेखाले दरको रूपमा धेरै मासु र फलफूललाई प्राथमिकता दिने गरेको बताइन्। त्यसैले उनले यसपालिको दरमा पनि फलफूल प्रशस्तै राखिन्।
मासु खाँदा सलाद र फलफूलको प्रचूर प्रयोग गर्दा हेल्थ ब्यालेन्स हुने उनको धारणा छ। नायिका करिश्मा मानन्धरचाहिँ दर भन्नेबित्तिकै आमाको शाकाहारी परिकार नै सम्झन्छिन्। बहिनी पनि शाकाहारी हुन्। तर, आमाले करिश्माका लागि विशेष मासु बनाइदिनुहुन्छ। जसले गर्दा करिश्मा आमाको महत्त्व र माया झनै महसुस गर्न पाउँछिन्। अरू परिकारमा चाहिँ धेरै सागपात र सलाद हुन्छन्। विशेष गरी झोलिलो रसयुक्त खाना करिश्माको दरको मेनुमा पर्ने गर्छ। यसले हेल्थलाई स्फुर्ति दिनुको साथमा भोलिपल्ट तीजको ब्रत बस्दा पनि सहज हुने करिश्माको अनुभव छ। विगतका दिनमा आमाले पकाएको दर खाएर चित्त बुझाउने करिश्माले यसपटक भने छिमेकीलाई समेत निम्तो गरेकी छन्। एकअर्काको घरमा गएर मीठो परिकार साटासाट गरी खाने चलन अबदेखि सुरु गर्न लागेको उनले सुनाइन्। ‘छिमेकीले दर खान बोलाएका छन्, म पनि निम्तो गर्छु,’ उनले भनिन्, ‘यसले सम्बन्ध झनै बलियो बनाउँछजस्तो लाग्छ।’
त्यस्तै, दीपाश्री निरौलाले पहिला आमाले दर भनेर पकाएको ढकनी सम्झिन्छिन्। आलुको अचार र दूधले बनेका परिकार विशेष हुन्थ्यो। उनले त्यही सिको गर्दै यसपालि काठमाडांैमा दर पकाउने बताइन्। तर, आफ्नो फुर्सद नभएकाले बहिनीले बनाउने दीपाले सुनाइन्। ‘ढकनीचाहिँ तयार पार्न नछुटा है भन्छु,’ दीपाले थपिन्, ‘त्यो खाँदा आमाको झल्को आउँछ।’ तीजमा दरजस्तो हेभी खाना खानु र मज्जाले नाच्नुको स्वाद बेग्लै लाग्छ उनलाई। त्यसैले उनीेमा कुनै कन्ट्रोल नगरी दर खाएर नाच्ने बानी रहेछ। सानैमा आमाले सुतिरहेको बेला मध्यरातमा उठाएर दर खुवाएको दीपा भुल्दिनन्।
सहर छिरेपछि भने दीपाश्रीको दर मेनुमा बियर र वाइन थपिएको छ। नाचेर गर्मी हुँदा चिसो बियर पिएर शीतल महसुस गर्ने दीपाले बताइन्। ‘बियर खाए मोटाइन्छ भन्छन्,’ दीपा थप्छिन्, ‘कसले चिन्ता लिएर खानै छोड्छ र?’ अभिनेत्री मिथिला शर्माले घर र माइत गरी दुवै ठाउँ दर खान भ्याइन्। बिहानभरि घरमा आएका चेलिबेटीसँग मिलेर दर पकाएकी मिथिला शनिबार बेलुका चाहिँ बानेश्वरबाट जाउलाखेल माइत पुगिन्। घरमा माछामासु चल्ने भए पनि उनको माइतमा भने शाकाहारी दर हुन्छ। ८८ वर्षीया आमाको निर्देशनमा दिदीले मीठो खाना पकाउने मिथिलाले बताइन्। खाएपछि बेलुका अबेरसम्म नाचगान गर्ने चलन छ। आमाले अझै पनि पुराना भाकाका गीत गाएर सुनाउने हुँदा तीज पर्व मिथिलाका लागि महत्त्वपूर्ण लाग्छ। ‘मुमाले नाचेको र गाएको साह्रै मन पर्छ f, मिथिलाले भनिन्, ‘उहाँको खुसीमा हामी त्यसै फुरुङ्ग पर्छौं।’
kantepur
 
.gif) 

Post a Comment