Websoft University

आन्तरिक उडानको भाडा घट्यो l


नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरी हवाइ इन्धन (एटिएफ)को मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घट्ने भएको छ । निगमले आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएपछि आन्तरिक वायुसेवा सञ्चालकले आन्तरिक उडानको भाडा घटाएका हुन् ।

सिम्रिक एयरलाइन्सका मार्केटिङ तथा सेल्स डिपार्टमेन्ट प्रमुख प्रज्ववल थापाका अनुसार आन्तारिक उडानमा न्युनतम १ सय ५० देखि ३ सय ७५ रुपैयाँसम्म भाडा घटेको छ । उनका अनुसार यो भाडादर भोलि (सोमबार) देखि लाग हुनेछ ।

थापाले भने, 'आयल निगमले हवाइ इन्धनको घटाएसँगै हामीले लिने फ्युल सरचार्ज पनि घटाएका छौं । जसले गर्दा हवाइ भाडा पनि घटेको छ ।' उनले आन्तरिक वायु सेवा सञ्चालकहरुले फ्यु सरचार्ज बढ‍्दा भाडा बढाउने र घट्दा घटाउने गरिएको बताए ।

निगमले गत शुक्रबार साँझसम्म १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मध्यरातिदेखि लागू हुनेगरि ९९ रुपैयाँमा झारेको थियो । निगमकाअनुसार अब हवाइ इन्धनको मूल्य पेट्रोलकै बराबरीमा आइपुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा एटिएफको मूल्य घटेपछि नेपाल आयल निगमले आन्तरिकतर्फको मूल्य घटाएको हो


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.