Websoft University

सवारी दुर्घटनामा ५ घाइते

बिराटनगर, असार २७ गते / सिरहा र सप्तरीमा आइतबार भएको सवारी दुर्घटनामा पाँचजना घाइते भएका छन्। सिरहाको लहान-३ मा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बा ३९ प १२५६ नम्बरको मोटरसाइकको ठक्करबाट पैदलयात्री सप्तरी बोदेबर्साईन बस्ने कासा मल्लिक घाइते भएका छन्। 
ठक्करबाट घाइते मल्लिकको रमाकान्त उमाकान्त अस्पताल लहानमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक ओखलढुङगा पकली-५ बस्ने सबिन रुपासा, र पछाडी सवार गोरखा- ९ बस्ने दलबहादुर थापा समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ। 
त्यसैगरी सप्तरीको सीतापुर-७ स्थित राजमार्गमा पूर्वबाट जादै गरेको को २ प ८८०४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना ५ ख ४१५७ नम्बरको बसले ठक्कर दिदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक सप्तरी बलार्द-४ बस्ने बहादुर राइ र पछाडी सवार सोही स्थान बस्ने गणपत दास रहेका छन्। 
घाइते दुवैको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ भने बस चालकलाई इलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.