Websoft University

राष्ट्रपति विद्यादेवी भण्डरी विश्वकै शक्तिशाली महिलाहरुको सूचीमा

काठमाडौं, २५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डरी विश्वकै शक्तिशाली महिलाहरुको सूचीमा पर्नुभएको छ ।
अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सन् २०१६ को विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा नेपालबाट पहिलोपटक राष्ट्रपति भण्डारी पर्नु भएको हो ।
राष्ट्रपति भण्डारी उक्त सूचीको ५२ औँ स्थानमा हुनुहुन्छ । फोर्ब्सले हरेक वर्ष विश्वका एक सय शक्तिशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । जसमा नेपालले पहिलोपटक स्थान पाएको हो ।
सूचीमा विश्वका चर्चित महिलाहरु को–को ? (टप-१० सहित)
1) जर्मन चान्सलर एन्जेला मर्केल प्रथम स्थानमा ।
2) अमेरिकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टन दोस्रो स्थानमा ।
3) अमेरिकी उद्योगपति ज्यानेट एलेन तेस्रो स्थानमा ।
4) अमेरिकी महिला मेलिन्डा गेट्स चौथो स्थानमा ।
5) अमेरिकी महिला म्यारी बारा पाँचौ स्थानमा ।
6) फ्रान्सकी क्रिस्टिन लेगार्ड छैठौं स्थानमा ।
7) अमेरिकाकी शेरिल स्यान्डवर्ग सातौ स्थानमा ।
8) अमेरिकाकै सुसन ओज्सिकी आठौं स्थानमा ।
9) अमेरिकाकै मेग ह्वाइटम्यान नवौं स्थानमा ।
10) स्पेनकी आना प्याट्रिसिया बोटिन दशौं स्थानमा ।
दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुयन हेइय १२ औँ स्थानमा ।
प्रथम अमेरिकी महिला मिसेल ओबामा १३ औँ स्थानमा ।
भारतकी अरुन्धाती भट्टाचार्य २५ औँ स्थानमा ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी २६ औँ स्थानमा ।
बेलायती महारानी एलिजावेथ द्धितिय २९ औँ स्थानमा ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद ३६ औँ स्थानमा ।
विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्केट चान ३८ औँ स्थानमा ।
भारतीय कांग्रेसकी सोनिया गान्धी शक्तिशाली महिलाको सय जनाभित्र नै परिनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.