Websoft University

नेपाली सेनाले १७ थान सकेट बम निष्कृय पार्‍यो





दाङ , वैशाख २९ गते । दाङको एउटा गाविस भवन भित्र फेला परेका १७ थान सकेट वन नेपाली सेनाले बुधबार डिस्पोज गरेको छ।

स्यूजा गाविस वडा नं.४ वोझ पोखरामाको गाविस भवनको एउटा कोठामा १५ वटा सकेट बम सेनाले बुधवार निष्कृय पारेको हो। जहाँ बम बनाउन तयार पारिएको नमुना २ वटा सकेट वम समेत गरी १७ वटा सकेट वम सेनाले निष्कृय पारेको हो।

नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरबाट गएको डिस्पोजल टोलीले बम निष्कृय पारेको दाङका प्रहरी प्रमुख एवं एसपी कुवेर कडाएतले जानकारी दिए।

अतिरीक्त हुलाक कार्यालय सञ्चालन हुँदै आएको गाविस भवनको उक्त कोठामा खानेपानी कार्यालयका पाईपहरु सँगै राखेको टिनको वासक भित्र बम फेला परेको हो।

द्वन्द्वको समयमा माओवादीले ती वम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बमसहित गाउँ जनसरकार लेखिएको ३ वटा फाईल र ८ वटा व्यानर फेला परेको कडायतले जानकारी दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.